२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा नेविसंघले उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गर्दै परिपत्र जारी गरेको हो ।

परिपत्रमा उल्लेख भएअनुसार, विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषय नेपालको संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद रहेको भनिएको छ।

नेविसंघले पटक(पटक सञ्चालन गरेका शैक्षिक आन्दोलन तथा अभियानहरूको उपलब्धिका रूपमा २०८० मा तयार गरिएको ‘उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि’ लाई लत्त्याउँदै, पुनः दलीय भागबन्डाका आधारमा नियुक्ति गर्ने षड्यन्त्र भएको गम्भीर आशंका व्यक्त गरिएको छ।

उक्त कार्यविधिमा रहेका छिद्रहरूलाई सुधार गरी योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुनु पर्ने माग गरिएको छ ।

नेपाल विद्यार्थी संघले स्पष्ट संकेतका आधारमा राजनीतिक भागबण्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्तिमा केन्द्रित अभ्यासको विरोध गर्दै, यस प्रकारको अपारदर्शी, गैरप्राज्ञिक र स्वार्थप्रेरित अभ्यासविरुद्ध विविध अभियान सञ्चालनका लागि मातहत निकायहरूलाई निर्देशन दिएको छ ।