२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ’-‘प्रचण्ड’

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताएका छन् ।

माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीलाई फेरि एक पटक समाजवादको यात्रामा अगाडि बढाएको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग संघर्ष र समुदायतर्फ फर्काउने संकल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट गर्‍यौँ । पार्टीलाई एक पटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रूपमा अगाडि बढाउने संकल्प र प्रतिबद्धता गरेका छौँ ।”

उनले भने, “कम्युनिष्ट पार्टी स्थापना गर्दा जुन आदर्श, समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने, जनतामा सेवा भाव तथा वर्ग मुक्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पण गर्ने प्रतिबद्धता गर्थ्यौ, जनक्रान्ति, जनयुद्ध, जनआन्दोलनमा यस प्रकारको समर्पण प्रकट गर्थ्यौ, तर त्यो समर्पणमा खडेरी पर्‍यो ।”

पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तछाडमछाड गरेको बताउँदै उनले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका लागि जति हुनुपर्थ्यो, त्यो हुन नसकेको उनको भनाइ थियो । अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविष्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एक पटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ठ र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।

उनले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरूको पीडा सुन्ने र पार्टीले के गर्न सक्छ के राहत दिन सक्छ भनेर संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए । 

पार्टीले चलाएको नयाँ रूपान्तरको संकल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रूपमा बुझ्नु जरुरी रहेको बताउँदै उनले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताए । 

कार्यक्रममा अध्यक्ष दाहालले स्व कष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरुले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले उनले क्रान्तिमा पुर्‍याएको योगदानको कदर गर्ने बताए ।