२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर संकलन

अ+ अ-

मनाङ। विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो ।

यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टंकी मनाङदेखि थोराङ्ला भञ्ज्याङ(पास)सम्मको नकुहिने फोहर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ ।

उनले भने, ‘यस पदमार्ग विश्व प्रसिद्ध भएकाले अधिकांश बाह्य पर्यटकको आगमन बढी हुन्छ । तर, नकुहिने फोहर मैला बढी हुँदा दुर्गन्धित बन्ने खतरामा रहेको छ । नकुहिने फोहरजन्य पदार्थ लगिए पनि साथमा नै ल्याउनुपर्ने प्रावधान राखिएको छ । तर, उपयोग भएको पाइएको छैन ।’ वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उनको भनाइ छ ।

सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ । बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टंकी मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो ।