२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य किरणलाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौँको टोखा हाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा सङ्क्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आइसियुमा) राखिएको थियो । लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए । नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ ।

उनले भने, ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ। बिहान बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’

पुन दम्पती आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरुबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले बताए।

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमान्डको इन्चार्ज हुँदा पुन सोही कमान्डको दोस्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए ।