काठमाडौँ । सर्लाहीमा लागू औषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका-४ स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिबाट चितवन भरतपुर महानगरपालिका-२४ का १९ वर्षीय अनीश बिक र १९ वर्षीय छोरा सन्देश परियारलाई प्रहरीले विशेष चेकजाँचका क्रममा औषधसहित नियन्त्रणमा लिएको हो।
बिहीबार दिउँसो करिब १ बजे मधेस प्रदेश ०३-००१ ह. २२२१ नम्बरको यात्रुवाहक ट्याम्पो त्रिभुवन नगर बजारबाट भेल्हीतर्फ जाँदै गरेको बेला प्रहरीले उक्त ट्याम्पोलाई रोकी चेकजाँच गरेको थियो।
उनीहरूको साथमा ५ पत्ता (५० ट्याब्लेट) ठुलो परिमाणमा लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साथै उनीहरूले बोकेको रातो रंगको कपडाको झोलाभित्र लुकाइ छिपाइ राखिएको ११० पत्ता (११०० ट्याब्लेट) पनि फेला पारिएको प्रहरीले जनाएको छ।
दुवै युवकलाई लागू औषध सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







