काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो ।
देउवा पुत्रले हिल्टन होटेल खरिद गरेको स्ट्याटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीश विष्णु प्रसाद अवस्थितको इजलासले आज उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो ।







