२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको सङ्ख्याका आधारमा आंगीक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सोहीअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का आंगीक शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। 

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्को २०८औँ परिषद् बैठकमा उनले प्रयोगात्मक अभ्यासका लागि संघ र प्रदेश मातहत रहेका सरकारी अस्पतालसँग सहकार्य गर्ने नीतिगत निर्णय गर्न मन्त्रिपरिषद् बैठकमा साझा प्रस्ताव तयार गरी पेस गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका प्रयोगात्मक अभ्यासमा केही जटिलता रहेका बताउँदै संघको मातहतमा कम अस्पताल रहेकाले प्रदेश मातहतका अस्पतालसँग समन्वय गर्नुपर्ने राय व्यक्त गरे । उनले नर्सिङको प्रयोगात्मक अभ्यासका लागि प्रमाणपत्र तह र स्नातक तहलाई एउटै अस्पतालमा अनुमति प्रदान गर्ने व्यवस्था गर्न सकेमा समस्या समाधान हुने भन्दै त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्नेमा जोड दिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का सदस्यसचिव तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले नर्सिङ जनशक्तिको अभाव बाहिर बजारमा आएजस्तो भयावह नरहेको, एउटा अस्पतालमा धेरै शैक्षिक संस्थाहरूले प्रयोगात्मक अभ्यासका लागि सम्झौता गर्ने गरेकाले समस्या देखिएको र नर्सिङ पढ्नका लागि प्रयोगात्मक अभ्यासका गर्न विशिष्टीकृत नभई जनरल अस्पताल आवश्यक पर्ने धारणा व्यक्त गरे ।

आजको परिषद् बैठकका शिक्षण संस्थाहरूको नाम परिवर्तन, स्वामित्व परिवर्तन (नामसारी) तथा ठाउँ सारी, स्थगित कार्यक्रम पुन:सञ्चालन एवं संस्था समायोजन गर्ने, अधिकार प्रत्यायोजन, सम्बन्धन/स्वीकृति प्रक्रिया पूरा गरेका र अदालतबाट निर्णय भई आएका शैक्षिक संस्था, सभाको तयारी तथा मिति तोक्ने विषय, गैरनाफामूलक साझेदारी संस्था र प्रतिष्ठान, आंगीक शिक्षालयमा कार्यक्रम थप गर्नेलगायत विषयमा छलफल भएको थियो । 

बैठकमाथि उल्लेखित विषयवस्तुहरूमा गहन छलफल गरी उपस्थित परिषद्का सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा व्यक्त गरे ।