२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केयूमा इतिहास र दर्शन शास्त्रमा दुई वर्षे स्नातकोत्तर कार्यक्रम सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्।

नेपाल र अन्तर्राष्ट्रिय स्तरका अध्येता तथा प्राज्ञहरूलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले ‘मानवतावादी भविष्यका चिन्तक’ उत्पादन गर्ने लक्ष्य राखेको छ। अक्टोबर २०२५ मा सुरु हुने सत्रका लागि आवेदन खुला गरिएको छ।

कार्यक्रम घोषणा समारोहमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले मानिस र पृथ्वी दुवैका लागि चुनौतीपूर्ण रहेको वर्तमान समयलाई बुझ्न नयाँ एमए कार्यक्रम केन्द्रित रहेको बताए।

‘यो कार्यक्रम नेपालको उच्च शिक्षामा एक कोशेढुंगा हो,’ उनले भने, ‘हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सिकाइका लागि स्वागत गर्न तत्पर छौँ।’

सिपाका शैक्षिक निर्देशक तथा इतिहासकार योगेश राजले मानविकीको मानवकेन्द्रित दृष्टिकोणलाई सच्याउँदै यसका प्रगतिशील आदर्शलाई सुदृढ पार्ने लक्ष्य कार्यक्रमको रहेको जानकारी दिए।

उनका अनुसार, यसले दक्षिण एसियाबारे बहुल धारणाको विकास गर्न र प्राज्ञिक क्षेत्रमा समावेशी अध्ययनलाई बढावा दिन मद्दत गर्नेछ।

सिपाका अनुसार, यो पाठ्यक्रम मानविकीमा अनुसन्धान र शिक्षणका साथै नीति विश्लेषण, कूटनीति, सार्वजनिक सेवा, सञ्चार र सामाजिक अभियान जस्ता क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि उपयोगी हुनेछ।

६० क्रेडिटको यो पाठ्यक्रम हिमालय र दक्षिण एसियाको सामाजिक(पर्यावरणीय यथार्थ र आकांक्षाअनुरूप तयार पारिएको छ।

विभिन्न शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीहरूले आवेदन दिन सक्ने यस कार्यक्रममा भर्ना हुन सिपाको ‘अडभान्स्ड लेभल टेस्ट फर ह्युम्यानिटीज इन साउथएसिया’ परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

नेपाली विद्यार्थीका लागि ६ लाख रुपैयाँ शुल्क तोकिएको छ भने योग्यता, समावेशिता र आवश्यकताका आधारमा पूर्ण तथा आंशिक छात्रवृत्ति पनि उपलब्ध रहेको जनाइएको छ।

अक्टोबर २०२५ सत्रका लागि आवेदन दिने अन्तिम मिति २५ जुलाई २०२५ तोकिएको छ।