काठमाडौँ । रुसले आफ्नो सैन्य कारबाहीमा परेका ६००० युक्रेनी सैनिकको शव बुझाउन तयार भएको बताएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार गत शनिबार रुसले युक्रेनी सैनिकहरूको लास बोकेका लरी हस्तान्तरण गर्न गए पनि युक्रेनी अधिकारीहरू लिन आएनन् ।
उता युक्रेनी पक्षले भने त्यो प्रोपोगाण्डा मात्रै भएको भन्दै आएको छ । आज रुसी रक्षा मन्त्रालयले १२१२ शव तत्काल दिन तयार भएको बताएको छ ।
रुसले आफ्नो पक्षबाट ६००० युक्रेनी सैनिकहरूको शव दिन राजी भएको र त्यसको कुनै शर्त नहुने बताएको छ । तर युक्रेनी पक्षले शव लिनेबारेमा कुनै चासो नदेखाएको पनि रुसी दाबी छ । युक्रेनी सैनिक परिवारहरूले भने लास बुझ्न सरकारलाई दबाब दिइरहेका छन् ।







