२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्खननको पर्खाइमा तामाखानी

अ+ अ-

बागलुङ । नेपालका २२ ठूला परम्परागत खानीमध्ये एक हो, जैमिनी नगरपालिका–१० राङ्खानी। यहाँ तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ छन्। तर, उत्खनन नहुँदा र संरक्षणको अभावमा केही सुरुङ पुरिएका छन् भने पहिरोले क्षति पुर्‍याएको छ।

तामा निकाल्ने क्रममा धेरैले ज्यान गुमाएका थिए। तर, पछिल्लो समय यस्तो देखिएको छैन। जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको बताए। ‘बाजेले तामाको धाउ बेचेर जीविका चलाउनुहुन्थ्यो, पछि कर बढी भएपछि खानी बन्द भयो,’ उनले भने, ‘पाखैभरि तामा खनेका डोब छन्। चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्। हामीले सुरुङमा हिँडेका छौँ। तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिरोले पुरिएका छन्। सरकारले उत्खननमा ध्यान दिनुपर्छ।’

राङ्खानी क्षेत्रमा तामाखानीका धेरै सुरुङका प्वाल छन्। तीमध्ये केही मेटिन थालेका छन्। डाँडाखानीलगायत क्षेत्रमा १२० वर्षअघिसम्म उत्खनन भएका तामाखानी अहिले पुरिने अवस्थामा छन्। कर तिर्न नसकेर उत्खनन बन्द भएको श्रीसले बताए। ‘१४ धार्नी कर तिर्न नसक्दा खानी बन्द भएको हो। स्रोतको अभावले कर बुझाउन नसकिएको मैले सुनेँ,’ उनले भने। अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरी खानी सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। खानी सञ्चालित भए स्थानीय सरकार र बासिन्दाको आयआर्जन बढ्ने उनीहरूको भनाइ छ।

स्थानीयले आफ्नै सीप र प्रविधिबाट सानो मात्रामा तामा निकाल्थे। आधुनिक प्रविधिले ठूलो मात्रामा तामा निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए। अन्य जिल्लाका मजदुरसमेत यहाँ काम गर्न आउने भएकाले ठूलो मात्रामा तामा रहेको अनुमान छ।

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारसँग नभएकाले सङ्घीय सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए। जैमिनी नगरपालिकाले दमेक र राङ्खानी क्षेत्रमा खानीको सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए। तामाको धाउलाई स्थानीय भाषामा राङ भनिन्छ। त्यसैले तत्कालीन राजा रजौटाले यो ठाउँको नाम राङ्खानी राखेको भनाइ छ। तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रका खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त भए पनि ठोस तथ्याङ्क आएको छैन।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन्। धातुजन्य खानीसँगै जिल्लामा ढुङ्गाखानी पनि प्रशस्त छन्। ढुङ्गाखानी केही ठाउँमा उत्खनन भए पनि फलाम र तामाखानी अझै उत्खनन हुन सकेका छैनन्।