१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा एक सय ३३ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

अ+ अ-

 बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको नि:शुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए ।

यसअघि जेठ ६ गते गाउँपालिका-५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतीबिन्दुको समस्या देखिएकोमा उनीहरूको कुलाउमै शल्यक्रिया गरिएको उनले बताए । शिविरमा छ सय ६२ जनाको आँखाको जाँच गरेर औषधि तथा दुई सय ६५ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको सार्कीले जानकारी दिए ।

नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले विभिन्न निकायसँगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । स्थानीय स्तरमै शिविर सञ्चालन हुँदा अधिकांश ज्येष्ठ नागरिकले सेवा लिएका गाउँपालिका उपाध्यक्ष विना भट्टले बताइन् ।

गाउँमै गुमेको आँखाको ज्योति फर्किएपछि स्थानीय खुसी भएका छन् । “आँखाको ज्योति गुमेपछि घरमै थन्किएकी थिए । शिविरमार्फत गाउँघरमै गुमेको ज्योति फर्किएपछि निकै खुसी लागेको छ”, स्थानीय जयमति चन्दले भनिन् ।

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस