५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसाविरुद्ध अभियान शुरु

अ+ अ-

चितवन । मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ ।

पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु गरिएको हो ।

मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न शुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमा मात्रै हेर्ने गरेको भन्दै पुरुष सच्चिनुपर्नेमा जोड दिए । मानव बेचबिखन र हिंसाविरुद्ध काम गर्दै आएको संस्था केआई नेपाल, चेली नेपाल तथा कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय रत्ननगर, नेपाल शिक्षक महासंघ कालिका समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा कार्यक्रम भएको थियो ।

केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यो अभियान थालिएको भन्दै सबैको हातेमालो जरुरी रहेको औँल्याए । बालिका हुने बित्तिकै भ्रूण हत्या गरेर हिंसाको शुरुआत हुने गरेको तीतो यथार्थ पोख्दै भट्टराईले महिला र बालिका जोगाउनुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा पनि हिंसाका घटना हुने गरेको स्मरण गर्दै यो अभियानले हिंसाका घटना रोक्न सहयोग पुग्ने उल्लेख गरे ।

महिला अधिकारकर्मी संगीता भट्टराईले म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भए प्रतिकार गर्छु भनेर सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । सोही क्रममा स्थानीयवासीले हिंसा र बेचबिखनविरुद्ध चेतनामूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हिंसाविरुद्ध अभियान चाल्दै आएका अमेरिकाका १३ जना अभियन्ताको समेत सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस