२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाण्डू किन यस्तो ?

अ+ अ-

ऊ त बडा मज्जाको मान्छे, बडो सहयोगी खालको मानिस थियो । तर ऊ पनि काठमाण्डूमा रुपान्तरण भैसकेको भान मलाई अचेल भैरहेको छ ।

फोन र मोबाइलबाट सम्पर्क गर्न खोजें, उसले उठाएन । कल ब्याक पनि गरेन । उसले अनुमान लगाइहाल्यो होला –यो पुष्पेले कुनै काम लगाउनलाई फोन गरिरहेछ ।

कुरा साँचो पनि हो । उसले गर्न नसक्ने, सारै दुख्ख हुने वा पैसा खर्च हुने काम मैले लगाएको होइन ।

उ धेरैजसो हिंड्ने बाटोमा पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर मेरी जोइले सबै प्रक्रिया पुरा गरेर एक महिना अघि पठाएको राजीनामा स्वीकृत भएको जानकारी नै नआएको हुँदा के भएको हो ? यसो अनुकूल समय मिलाएर गई बुझिदिनको लागि मैले सम्पर्क गर्न खोजेको ।

… उ पनि पहिले यतैको, तराईको मानिस हो । नोकरीको सिलसिलामा हामीले केही वर्ष गहिरो मित्रतासाथ यता बिताएका थियौं । पछि उ मन्त्रालयतिर सरुवा भएर गयो । उतै घर बनाएर बसेको छ । यस बीचमा उसले कतिपय काम मलाई लगायो । मैले तुरन्त गरिदिएँ । काठमाण्डूको काम गर्न पाउँदा खुशी लाग्यो । अरु कर्मचारी साथीहरुको अगाडि मेरो सम्पर्क काठमाण्डूसित राम्रो छ भनेर साबित गर्ने मौकाको रुपमा पटक पटक प्रयोग गरें ।

मैले पनि उसलाई ऊ कार्यरत मन्त्रालयमा एउटा जरुरी निवेदन पठाएको थिएँ, दर्ता भयो कि भएन । भएको रहेछ भने दर्ता नम्बर र मिति टिपेर पठाई दिन भनेको थिएँ, उसले यो काम गरि दिएको थियो । बदलामा उसले मलाई एउटा सुतिको तन्ना नेपालगंजबाट पठाईदिन भनेको थियो -नेपालगंजमा राम्रो पाइन्छ रे । ईन्डिया मेड सामान नेपालमा जतासुकै पाइन्छ । कुरा बुझें । म कसैको अलिकति पनि गुन नलिने, तुरन्त गुनको बदला सक्दो चाँडो केही फर्काइ हाल्ने खालको मान्छे हो ।

उतै बी. बी. ए. पढिरहेको छोरालाई उसले मगाएको सामान किनेर दिनु भनि फोन गरें, सहयोग लिए वाफतको गुन तिरें । केही महिनापछि उता गएको बेलामा उसलाई भेट्न गएँ । त्यस बखत हाम्रो लेबलमा ‘बेग पाइपर’ थियो । एउटा बोत्तल राम्रोसित प्याक गरेर लगेको थिएँ, दिएँ । नजिकको र परिवारकै सदस्य जस्तो मान्छेसित रित्तो हात भेट्ने मेरो बानी छैन । नपिउनेकोमा फलफुल वा मिठाई लिएर गइन्छ ।

उसले फोन नउठाए पछि मोहनलाई भनौं कि भनेर सोंच्न सकिन । किनभने ऊ त झन् पहिले नै काठमाण्डौमा परिवर्तित भैसकेको थियो । मोहन यतै मध्यपश्चिमको एक दुर्गम जिल्लामा काम गरिरहेको थियो । यतैको एक दुर्गम जिल्लाको बासिन्दा थियो । अपायक र दुर्गम जिल्लामा उसको दरबन्दी रहेको समयमा मेरो कुरा खाने डाइरेक्टरलाई भनेर निर्देशनालयमा काम गरिरहेको मैले मेरो मातहतमा काजमा राखेर उसलाई, उसकै शब्दमा, सारै गुन लगाएको थिएँ ।

केही वर्षपछि ऊ विभागमा सरुवा भएर गयो । उतैको बासिन्दा भयो । एउटा महलसरी घर बनाएको छ । म केही वर्षपछि काम बिशेषले उतै गएँ । काम सकेर घर फर्कनु अगाडि उसलाई भेट्न विभागमा गएँ । मित्रहरुसित प्रत्यक्ष वा अप्रत्यक्ष संपर्क कायम राख्ने मेरो बानी छ । ठूलो विभाग, १५।२० मिनट यता उता खोजतलाश गर्दा भेटेको त ऊ पनि काठमाण्डू भै सक्या रहेछ ।

फिस्स ओंठ च्यात्यो र नमस्कारसम्म ग¥यो । विभागको ठूलो कम्पाउण्डभित्रको बाटोमा भेटेको । कतै बसौं पनि भनेन । उल्टो – ‘म हतारमा छु है’ भनेर हिंडीहाल्यो । म उसलाई कुनै काम लगाउन गएको थिएन, भेट गर्नमात्र गएको । उसले अलिकति पनि समय नदिँदा मलाई सारै नमज्जा लाग्यो । त्यसबखत एम.बि.ए. पढिरहेको आफ्नो उही छोरालाई पनि परिचय गराउन भनेर लगेको मलाई उसको यो व्यवहार देखेर म आजसम्म आश्चर्यचकित भएको छु । शंकाको लाभ दिंदै पटक पटक उसको व्यवहार परीक्षण गर्दा सांच्चै नै ऊ हामीलाई रैतीको नजरले हेर्नेमा पुगिसकेको रहेछ ।

माथिका दुई प्रतिनिधि पात्र हुन् । उनान्सय प्रतिशतका प्रतिनिधि पात्र ।
तिमी सरकारी खर्चमा जिल्लातिर आउँदा हामीले नै हो हाम्रै खर्चमा होटलमा तिमीलाई बस्ने खाने र दारु पिलाउने व्यवस्था मिलाउने । तिमीकोमा आउँदा किन समयसम्म हामीले नपाउने रु फेरि पनि आयौ भने स्वागतमा कुनै कसर बाँकी राख्ने छैनौं । कहिलेकाहीँ यसो हामीतिर घुम्न आयौ भने हामी तिमीलाई तिमीले गरेकोजस्तो व्यवहार आजसम्म गरेका पनि छैनौं र भविष्यमा पनि गर्ने छैनौं ।

काठमाण्डू साँच्चै ढुंगा भएको हो त रु होइन, ढुंगा त अचल हुन्छ । काठमाण्डू चलायमान छ । बरु रोबट चलायमान हु्न्छ । काठमाण्डू रोबट हो क्यारे । प्राण भए पनि नभए सरह छ, साँस फेरेको पनि थाहा छैन । मुटुमा धडकन छ तर मन छैन, दया-माया छैन । टेंशन भने उसलाई टन्नै छ । किन हो, काठमाण्डौको यस्तो चाला ? पैसाको लागि होइन ? पैसा त अरुलाई पनि चाहिन्छ । अरुलाई त यतिविधि टेंशन भएकोजस्तो त लाग्दैन ? अरु जिल्लाकाले यस्तो रुखो व्यवहार त गर्दैन क्यारे ।

वि. सं. २०३६ सालमा पहिलो पटक म राजाको गाऊँ गएको थिएँ । अमेरिकन लाइब्रेरीमा इंग्लिश स्पिकिंग कोर्श लिन । तर ढिलो पुगेकोले भर्ना हुन पाइन । (आजसम्म स्पिकिंग कमजोर छ) । लगत्तै बिद्यार्थी आन्दोलन शुरु भइहाल्यो । १ महिना जति शम्भु भन्ने एकजना साथिसित बसें । शम्भु टाढाबाट नाता पनि पर्ने । ऊ पनि आफ्नो काकाको परिवारसित डेरामा बसेको ।

उसको घर पश्मिाञ्चलको एक तराई जिल्ला हो । त्यसबखत मलाई थाहा भएन म अर्ध काठमाण्डू उसको काकाको परिवारको निम्ति त्यस बखत बोझ भएँ हँंला । मैले आर्थिक भार पारेकै थिएन । छुटृै कोठामा बसेको थिएँ । बरु फर्कने बेलामा शम्भुलाई पैसा सापट दिएकों थिएँ जो आजसम्म फिर्ता पाएको छैन । जीवनमा पहिलो पटक सापटी दिएको थिएँ । त्यसपछि आजसम्म मैले कसैलाई सापटी दिएको रकम राम्रो मुखले फिर्ता पाएको छैन । फिर्ता नै नगर्ने पनि अनगिन्ती छन् । … त्यसबखत पनि काठमाण्डूको अनुहार संधैं फुङ्ग उडेको । कुनै भाव छैन । बिहान उठेदेखि राती नसुतुन्जेल व्यस्त । हात चलेको छ । यता उति गरेको छ । तर चेहरामा हंसी छैन, मुस्कान छैन, उमंग छैन । खाली पैसा, पैसा, हाय पैसा ।

एक महिनाको बसार्इंमा पटक पटक सानो तिनो झंझटमा परें । मेरो जिल्लामा एकजना रैथाने काठमाण्डू परिवार सहित बसेको थियो । यतै कारोबार थियो । हामीलाई ‘मस्र्या’ ‘भनेर जिस्काउंथ्यो । तर क्षेत्रीयता, सामुदायिकता वा हेपेको भावना चाहीं कत्ति पनि थिएन भनेर मैले यहाँ प्रष्ट गर्नै पर्छ । मित्रता गहिरो थियो । मैले माथि उल्लेख गरेझैं म सानोतिनो झंझटमा परेको समयमा ऊ आफ्नै घरमा केही समयको लागि आएको थियो । सहयोगको लागि खोज्दै गएँ । फ्रिजको एक गिलास पानी पिउन दिएर स्वागत ग¥यो, खोजेको सहयोग गरेन । शम्भुले मलाई धेरै घर चाहार्न मद्दत ग¥यो । काठमाण्डूले सहयोग गरेन ।

तीतो अनुभव लिएर ‘अब राजाको गाऊँमा कहिल्यै आउन्न’ भनेर फर्केर आएँ । भीष्म प्रतिज्ञाजस्तो कहां हुनु । न ब्यावहारिक थियो, न संभव नै । थियो त केवल किशोरावस्थाको अल्पज्ञान । म घर फर्केको दुई महिनापछि ऊ पनि यतै आयो । बाटोमा भेट भयो । हि हि हि हि ग¥यो । साखुल्ले बन्दै । मलाई सहयोग नगरेकोमा कुनै लाज शरम वा पछुतोको भाव उस्को अनुहारमा पाइन । यस विषयमा चर्चा पनि गरेन । उस्को चरित्र नै त्यस्तै रहेछ ।

म सोंच्छु काठमाण्डू किन यति कठोर रु किन यति स्वार्थी रु उसलाई हाम्रो सहयोग चाहिने, हामीलाई पर्दा उसले हामीलाई सहयोग नगर्ने रु अझ उदेक लागेर आउँछ यतैबाट माइग्रेटेड भएर काठमाण्डूमा परिवर्तित भएका पात्रहरुको छाँट देखेर जो आफु पहाड, हिमाल वा तराईमा बस्दा काठमाण्डूबाट पीडित भएको घटनाहरु सुनाउँथे । अहिले उनैले काठमाण्डूको चरित्र अंगालेर गौरवान्वित अनुभव गरेको देखेर अचम्मै लागेर आउँछ । पाहुना भएर जानु प¥यो भने त यही जुनीमा नर्कमा गएको अनुभव हुन्छ भनेर धेरैले भनेका छन् ।

यसो विचार गरें । काठमाण्डू धेरै शक्तिशाली छ । ऊ सुषुप्त ज्वालामुखी हो । कसैले विस्फोट गराई दिएमा विस्फोट हुन जानेको । बिद्रोही हो, तर नेतृत्व अन्तैबाट आउनु पर्ने । बि. पि. बाबु, गिरिजाबाबु, पुष्पलाल, मदन भण्डारी, अहिलेका प्रचण्ड र अन्य कतिपय नेताहरु नेतृत्वको रुपमा आएका छन् । सबै बाहिरबाट आएर काठमाण्डूलाई बेलाबखत ब्युझाएका छन् । अपवाद गणेशमानलाई छाडेर । स्वयं गणेशमान पनि बि. पि. बाबुबाट प्रभावित र दीक्षित भएको भनि भन्न सकिन्न र ? साँच्चै काठमाण्डू आफै सधैं यति व्यस्त र टेंशनले यति ग्रस्त रहन्छ कि उसलाई आफ्नै शक्तिको पहिचान छैन ? देशमा ठुल्ठूला परिवर्तन काठमाण्डू नब्युंझुन्जेल , नउठुन्जेल सम्भव भएको छैन । तर सामान्य अवस्थामा किन यति कठोर ? किन असामाजिक ? किन यति अव्यावहारिक रु किन यति रुखो ?

स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सबै सुविधाहरु केन्द्रित गरेर काठमाण्डूले हामी बाहिरकालाई अन्यायमा पारेको छ । यस अर्थमा राजनीतिक क्षेत्रका नेता भएर काठमाण्डूले देशभरिका जनतालाई दुःख दिएको छ । त्यसभन्दा बढी कर्मचारी भएर काठमाण्डूले सताएको छ । क्षेत्रीय र जिल्लास्तरीय कार्यालयहरुलाई अधिकार नदिएर सानोतिनो कामको लागि पनि आफूकोमा आउन बाध्य पा¥यो । आउनेलाई आज काम हुन्न, भोलि आउनु वा एक हप्ता वा एक महिनापछि आउनु भनेर आदेश गर्छ । बाहिरबाट आउनेले होटलको खाना र नाश्ता खर्च, बस, ट्याक्सी चढ्दाको खर्च र समयको हिसाब किताब गर्दै फाँटवालालाई पैसा बुझाएर आफ्नो काम फत्ते गर्नमै आफ्नो भलाई संझन्छ । समयमै पर्याप्त अधिकार दिएको भए नेपालमा गणतन्त्र आउंदैनथ्यो भन्नेहरु छन् । यसको आधारको आवश्यकता छ भने उनिहरुलाई नै सोध्न सकिन्छ । भनाईमा दम नभएको होइन ।

आफ्नो घरमा भाडामा बस्नेहरुप्रति कठोर व्यवहार गर्छ काठमाण्डू । मानौं भाडामा बस्नेहरुको आफ्नो घर नै छैन । भोका नाङ्गा हुन् । लाखौं डेरावालहरुले अमानवीय व्यवहारहरु सहन बाध्य भएका छन् । काठमाण्डू तिम्रो हैसियत दशैंको अवधिमा देखिन्छ । तिमीले त्यस अवधिमा आफ्नो आत्मसमीक्षा गरि हेर त, बाहिरीयाहरुले कति गुल्जार गरिदिएका रहेछन् । सडकमा क्रिकेट खेल्न सक्छौ त्यस अवधिमा ।

देशमा संविधानको पूर्ण कार्यान्वयन भई सातै प्रदेशमा प्राप्त अधिकार अनुसार प्रशासनिक र विकास तथा निर्माणका कामहरु धमाधम हुन थालेपछि मोफसलमा बस्नेहरु सास्ती पाउनबाट जोगिने छन् भने तिमीलाई पनि केही राहत हुने छ नै । अलिकति पैसा कमाउनासाथ संचयकोष सापटी लिएर वा बैंकसित ऋण लिएर काठमाण्डूको चरित्रमा रुपान्तरण भई आफूले पनि दुःख पाउने र अर्कालाई पनि दुःख दिनेको संख्यामा उल्लेख्य कमी आउने अनुमान गर्न सकिन्छ । त्यसो नहुन्जेलसम्म हामी बाहिरकालाई पाखे बनाइराख्छौ, शोषण गरिराख्छौ ।

मैले तिमीलाई के बुझाऊँ र काठमाण्डू, तिमी पनि आखिर हामीजस्तै मानिस हौ । सांस भित्र तानेको र बाहिर फालेको अनुभव गर । चारैतिर हेर प्रकृति कति सुन्दर छ । हरेक १०।१५ फिटको दुरीमा पैदल यात्रु हिंड्ने फुटपाथमा समेत बिहान लिपपोत गरेर टिका लगाई पूजा त गर्छौ । मंदिरै मंदिरको शहर भनेर विश्वमा अलग पहिचान पनि बनाएको छौ, तर पूजा गर्दा पूजा गरिरहेको कुरामाथि ध्यान दिन सिक्नु । आज के के गर्नुछ भनी त्यस बखतमा दिनभरि गर्नुपर्ने कामहरुमाथि ध्यान नदिनु । श्रद्धाभावपूर्वक पूजा गरि हेर । तिम्रो मन शान्त हुनेछ ।

काठमाण्डू ! तिमी सामाजिक प्राणी बन, आर्थिक होइन । सहयोग त तिमीले प्रशस्तै लिएको छौ, अब सहयोग दिन पनि सिक । जीवनको आनन्द पनि लेऊ । सहयोगको हात बढाऊ त, कति आनन्द आउँदो रहेछ । तिमीले तुरन्त अनुभव गर्नेछौ ।

मलाई थाहा छैन, तिमीले मैले भनेका कुराहरु कहिले बुझ्ने हो भनेर । बुझ्ने पनि हो कि होइन । मलाई भने अहिले नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर राजीनामा स्विकृत गराउने, स्विकृत भएको रहेछ भने पत्र लिएर आउनेजस्तो सानो कामको लागि पनि समय र पैसा खर्च गरेर जानुपर्ने बाध्यता छ । धन्य हो, वीर काठमाण्डू !

श्रेष्ठ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमा उप सचिव पदमा कार्यरत छन् ।