अब मोबाइल एपबाटै फोहोर व्यवस्थापन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अब मोबाइल एपबाटै फोहोर व्यवस्थापन


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


Mobile

काठमाडौं । नकुहिने फोहोर व्यवस्थापन गर्न नसकेर हैरान हुनुहुन्छ ? वा घरमा प्लास्टिक, सिसा, पत्रपत्रिका, पुस्तक, इलेक्ट्रोनिक फोहोर वा अन्य यस्तै कुनै नकुहिने फोहोरबाट बिना बार्गेनिङ मोहोर कमाउन चाहनुहुन्छ ? अब कुनै झन्झट पर्नुपर्ने छैन।

ललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रा.लि.सँगको सहकार्यमा ‘कवाडी’ नामक एप संचालनमा ल्याएपछि अब घरधनी मात्र होइन, कवाडी संकलकलाई समेत सहज हुने भएको छ।

कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ। पुनः प्रयोग गर्न मिल्ने नकुहिने(अजैविक) फोहोर छ भने मोबाइलबाटै एप प्रयोग गरेर सजिलै घरबाटै बिक्री गर्न सक्नुहुनेछ।

मोबाइलमा कवाडी नामको एप डाउनलोड गरेपछि तपाईले त्यसकै प्रयोगबाट आसपासको दुई किलोमिटरभित्र रहेको कवाडीवालाको सूची देखिनेछ। सोही आधारम सम्पर्क गर्न सक्नुहुनेछ। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस