३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन दुई महिनासम्म गभर्नर नियुक्ति गर्न सकिएन ? भन्दै सरकारलाई वर्षमान पुनको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको दुई महिना नाघिसक्दा समेत नियुक्त गर्न नसकिएकोमा असन्तुष्टि पोखेका छन् । 

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्रसम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘गभर्नर पद खाली भएको दुई महिनासम्म नियुक्त गर्न सकिएन ? यति नांगो कुरा कसरी सम्बोधन गर्छौं ? यसमा राजनीतिक नेतृत्वले आत्मा समीक्षा गर्ने कि नगर्ने ?’

नेपालमा राजनीतिक नेतृत्वले शासन गरिरहेको छ कि अरूले भन्ने प्रश्न गर्दै उनले अगाडि भने, ‘सेबोनमा अध्यक्ष नियुक्ति गर्न त्यत्रो रस्साकस्सी भयो । अहिले कसको नजिकको गभर्नर, कसको नजिकको सेबोन अध्यक्ष, कसको नजिकको बीमा प्राधिकरणको अध्यक्ष भनेर भन्दाभन्दै कसको नजिकको सचिवसम्म भन्ने वातावरण बनेको छ । राजनीतिक नेतृत्व यो तहमा झरिसकेको छ । यस्तो खालको गतिविधिको जिम्मा कसले लिने ?’

नेपालमा नियामकहरू आफैँ खेलाडीका रूपमा अगाडि बढेको देखिएको बताउँदै उनले भने, ‘व्यक्ति हेरेर फरक फरक व्यवहार गर्ने गरिएको छ । प्रधानमन्त्रीका नजिककोहरुलाई हेरिने नजर फरक र अरूकोलाई हेरिने नजर फरक हुनुहुँदैन । यसले समान प्रतिस्पर्धा हुन सक्दैन ।’

यस्तै जनताले आर्थिक सुधार चाहिरहेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पुनले भने, ‘तीव्र आर्थिक विकासको चाहना भइरहेको छ । यसमा राम्रा नराम्रा दुवै देखिन्छन् । राम्राहरूलाई समेट्दै नराम्रा पाटोलाई परिमार्जन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस