भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने


१८ बैशाख २०७५, मंगलबार


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उनी भारतको पटनाबाट सीधै जनकपुर आउने भएका छन्।

सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

परिपथको उद्घाटनपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कने र भारतीय प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा रहने छन् । मोदीको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस