काठमाडौँ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ ।
प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
शिक्षकको आन्दोलन चलिरहेका बेला यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।