२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलले भने-‘भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्ने बताएका हुन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्‍याउँदा सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका कायम राख्न कठिन हुने बताए ।

‘हामीले जहिलेसम्म जियोपोलिटिक्स सेन्सेटिभिटीलाई बुद्धिमतापूर्ण ढंगले एड्रेस गर्न सक्दैनौँ हाम्रो देशलाई अगाडि बढ्न धेरै कठिन छ,’ पोखरेलले भने, ‘हामी संसारको लार्जेस्ट सेकेण्ड लार्जेस्ट जनसंख्या भएको मुलुकबीचमा छौँ । यस्तो अवस्थामा हामीले आफू जोगिन जोगाउन सार्वभौमिकता अखण्डता स्वाधीनता कायम राख्नका लागि धेरै विषयमा होस् पुर्‍याएर चल्नु पर्ने जरुरत छ ।’

राजावादीको आन्दोलनतर्फ इंगित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिए ।

नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभई समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरूलाई समेटेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘कतिपय कुराहरू पार्टीगत ढंगले गरिएको कुराहरू भन्दा पनि अलि पृथक ढंगले पनि सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो,’ उनले भने, ‘यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरूलाई समेट्ने हिसाबले हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्रै हामी ठिक ढंगले अगाडि बढ्न सक्छौँ । आज हाम्रो देशको सन्दर्भमा कतिपय लागिरहेका छन्, साथीहरूले भन्न खोज्न भाछ ।’