२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । 

गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानलाई व्यावसायिक  अकबरे खुर्सानी खेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “पहिलो चरणमा रु ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब रु ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।”

किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर वितरण गरिने उनको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । किसानलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ । 

“हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ”, उपाध्यक्ष राईले भने, “किसानलाई मागका आधारमा सहयोग गरेका हौँ । किसानलाई बर्सेनि आवश्यक कृषि सामग्री वितरण भइरहेको उपाध्यक्ष राईले बताए । 

यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रूपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँको उत्पादित कृषि उपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ । 

“कृषि क्षेत्रको दिगो विकासबाट मात्र किसानलाई आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ”, अध्यक्ष राईले भने, “हामीले कृषिको योजनाबद्ध विकासका लागि काम गरिरहेका छौँ । कृषिमा लगानी गरिएसँगै गाउँपालिकामा अकबरे खुर्सानीबाट मात्र करोडौँ आम्दानी भित्रने थालेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रममा जोड दिएका छौँ ।”

गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताए । विगतबाट नै गाउँपालिकाले किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । 

“गाउँपालिकाले गरेको सहयोगले कृषिमा लाग्न प्रोत्साहन मिलेको छ”, उनले भने, “विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्री दिँदै आएको छ । यो पटक मैले एक रोल मल्चिङ प्लाष्टिक पाए । मल्चिङ गरेर व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्ने सोच छ ।”

पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताए । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उनको भनाइ छ । “गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ”, उनले भने “विगतदेखि नै गाउँपालिकाले कृषकलाई सहयोग गर्दै आएको छ ।