२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्याधुनिक प्रणालीमार्फत पानी पोखरीको व्यवस्थापन र सञ्चालन

अ+ अ-

काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानी पोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानी पोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

सोही व्यवस्थाअनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत पानी पोखरीको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको हो ।

अत्याधुनिक प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तिसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ ।

अत्याधुनिक प्रणालीमार्फत उपत्यकाका १५ वटै पानी पाखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ । यस्तै, नमूनाका रूपमा च:मती र अनामनगर क्षेत्रका उपभोक्ताका घरमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान समेत गरिएको आयोजनाका उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।