काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा बसिरहेको हो ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ। साथै, केही प्रशासनिक तथा राजनीतिक विषयमा समेत थप छलफल र निर्णय हुने सम्भावना रहेको प्रशासन विशेष स्रोतले जनाएको छ।
सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने जनाइएको छ ।







