१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमा कुनै पनि योजना तथा कार्यक्रम खरिद-बिक्री भएका छैनन्: मुख्यमन्त्री  सिंह

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा विकाससँग सम्बन्धित कुनै पनि योजना तथा कार्यक्रम हल्ला भएजस्तो खरिद-बिक्री नभएको स्पष्ट पारेका छन् । 

आज आयोजित ‘मधेस मन्थन’ विषयक साक्षात्कार कार्यक्रममा उनले प्रदेश सरकारले कुनै पनि प्रभावमा नपरेर योजनाबद्ध रूपमा विकास योजना तथा कार्यक्रम अगाडि सारेको बताए ।

मुख्यमन्त्री सिंहले प्रदेशमा दिगो रूपमा सुशासन कायम गर्ने उद्देश्यले इमान्दारीपूर्वक कार्य गरिरहेको उल्लेख गर्दै विकास विरोधी, जनहित नचाहनेहरूले आफू नेतृत्वको सरकारको बदनाम गरिरहेको जिकिर गरे । “प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीको क्षेत्रमा रहेका समस्या र विकृतिमा सुधारका लागि वर्तमान सरकार गम्भीरतापूर्वक लागेको छ । प्रदेश सरकारले जनहितमा महत्त्वपूर्ण काम गर्न खोजिरहे पनि संघीय सरकारको असहयोग, कानुन, बजेट र अधिकार नदिने कारणले काम गर्न समस्या भइरहेको छ”, उनले भने ।

मुख्यमन्त्री सिंहले शिक्षा क्षेत्रअन्तर्गत प्रदेशका १३६ पालिकामा करिब एक हजार २०० सरकारी विद्यालयमा रहेका शैक्षिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि काम भइरहेको उल्लेख गरे । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रयास सुरु भएको र त्यस क्रममा ९४ निजी अस्पतालको अनुगमन गर्दा अवैध रूपमा सञ्चालनमा रहेका  ५३ अस्पताललाई बन्द गराएर कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिए । साथै सरकारी अस्पतालमा जनशक्तिको व्यवस्थापन, भौतिक तथा प्राविधिक सुधारमार्फत सेवामा प्रवाहमा चुस्तता काम गर्न काम भइरहेको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

त्यस अवसरमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले संघीय सरकारले खानेपानी तथा सिँचाइको विकासका लागि अत्यन्त कम बजेट दिएकाले काम गर्न समस्या भएको गुनासो गरे । उनले संघीय सरकारले पठाएका मन्त्रालयका सचिवले विकासको कार्यमा सहयोग नगरेको आरोप लगाए । प्रदेशमा अझै २० प्रतिशत जनता शौचालयविहीन रहेको जानकारी दिँदै मन्त्री यादवले चालु आर्थिक यसमा तीन सय ७६ वटा डिप बोरिङ निर्माणका लागि रु. १९ करोड मात्र संघ सरकारले बजेट दिएकाले काम गर्न समस्या भइरहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, युवा तथा खेलकुदमन्त्री प्रमोद जैसवालले पनि आ–आफ्नो मन्त्रालयअन्तर्गत भए/गरेका गतिविधिबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस