३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘थिंकट्यांक’ बनाउने प्रधानमन्त्री ओलीको गृहकार्य

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहनेगरी नीतिगत फिडब्याक (सुझाब) दिने शक्तिशाली अध्ययन–अनुसन्धान संस्था ‘थिंकट्यांक’ गठनको गृहकार्य अघि बढाएका छन् ।

अमेरिका, भारतजस्ता थुप्रै शक्तिशाली मुलुकमा जस्तै कार्यकारीको मातहत रहने शक्तिशाली स्वायत्त संस्था थिंकट्यांक बनाउने गृहकार्य अघि बढाइएको हो ।

करिब एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्शसमेत गरिसकेको नेता डा। राजन भट्टराईले जानकारी दिए । भट्टराई प्रधानमन्त्रीका परराष्ट्र र सुरक्षा मामिला विज्ञसमेत हुन् ।

प्रधानमन्त्रीलाई एक दर्जन बुद्धिजीविले ‘थिंकट्यांक’का विषयमा सुझाब पनि दिएका छन् । छलफलमा नेता डा. भट्टराई, अर्थमन्त्री डा. खतिवडा, डा. पिताम्बर शर्मा, डा. चैतन्य मिश्र, डा। विपिन अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, डा. डिल्लीराज खनाल, डा. गोविन्द नेपाल, डा. प्रत्युष वन्त, डा। पुष्प कँडेलसहित एक दर्जन बढी बुद्धिजीवि सहभागी थिए ।

‘विदेशका धेरै मुलुकमा पनि प्रधानमन्त्रीलाई सुझाब दिन थिंकट्यांक बनाउने प्रचलन रहेकाले हाम्रोमा पनि बनाउने उद्देश्यका साथ प्रधानमन्त्रीज्यूले प्रारम्भिक छलफल सुरु गर्नुभएको हो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै डा. भट्टराईले भने ।

थिंकट्यांकको उद्देश्य

प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरको थिंकट्यांकमार्फत सामाजिक, आर्थिक, राष्ट्रिय सुरक्षा, विदेश नीतिलगायतका विषयमा अध्ययन–अनुसन्धान गरेर नीतिगत सुझाब लिने तयारी गरेका छन् । नयाँ–नयाँ विषय आइरहने भएकाले यो संस्थाले निरन्तर अनुसन्धान गर्ने स्रोतले जनायो ।

त्यस्तो समितिमा विभिन्न विषय विज्ञ, विशिष्ट श्रेणीका पूर्वकर्मचारी या सुरक्षा अंगका विशिष्ट श्रेणीका अधिकृतसमेत नियुक्त हुन सक्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ ।

संस्थाको संरचना, अकार, नेतृत्व र क्षेत्राधिकारलगायत विषय ऐनको मस्यौदामा प्रस्ट बनाएर संसद्बाटै पारित गर्ने उनको योजना छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस