वैदेशिक रोजगारीमा जान तालिम अनिवार्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वैदेशिक रोजगारीमा जान तालिम अनिवार्य


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ।

तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई ध्यानमा राख्दै सरकारले तालिम अनिवार्य गर्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको खबर आजको गोरखापत्र दैनिकमा खबर छ ।

वैदेशिक रोजागारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि–२०७४ भर्खर मन्त्रालयबाट पारित भई कार्यान्वयनमा आएको छ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कार्यविधिअनुसार अबको एक वर्षभित्र अनिवार्य रुपमा तालिम लिएकालाई मात्रै वैदेशक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिए।

उनका अनुसार कार्यविधिमा एक महिना वा सोभन्दा कम समयको तालिम, एक महिनाभन्दा बढीको तालिम, तीन महिनाभन्दा कम समयको तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिको गरी तीन तहको तालिमको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस