२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को चेतावनी : पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिन्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, बिचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ,’ ‘प्रचण्ड’ले अघि भने, ‘फेरि पनि त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’

पाथीभराको मुद्दा एउटा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।

‘यसलाई बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर भावनाको मुद्दालाई इतिहास र पौराणिकताको विषयलाई हल गर्न खोज्यो भने त्यो दुर्भाग्य हुन्छ भनेको थिएँ,’ ‘प्रचण्ड’ले भने, ‘एउटा खबरदारी सभामा बल प्रयोग नगर्नू, यसलाई समझदारीको माध्यमबाट विन बिनको बाटो खोज्नुपर्छ । सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नुपर्छ ।’