२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठको दाबी : वर्तमान सरकार निरंकुशताको प्रतीक

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार निरंकुशताको प्रतीक भएको आरोप लगाएका छन् । यो सरकारले भ्रष्टाचारीलाई रक्षा गर्ने, छलछाम गर्ने काम गरेको उनको भनाइ थियो ।

प्रेस सेन्टर ताप्लेजुङद्वारा सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले दुई दलीय शासनले जनतामा निरंकुशता चलाउन खोजिएको आरोप लगाए । ‘थ्रेस होल्ड ल्याउन खोजेका छन्, त्यो पनि निरंकुशताको द्योतक हो,’ श्रेष्ठले भने, ‘सामाजिक सञ्जाल विधेयक ल्याइएको छ, तर नियमनको नाममा लेख्नै नहुने बोल्नै नहुने, सबलाई तर्साउने आतंकित पार्ने काम गर्न मिल्दैन थियो, जुन काम अहिलेको सरकारले गरिरहेको छ ।’ सामाजिक सञ्जाल नियमनको पक्षमा आफ्नो पार्टी रहेको प्रस्ट्याउँदै श्रेष्ठले यो खालको निरंकुशता भने नचाहेको बताए ।

लोकतन्त्रमाथिको खतरा अन्त्य भई नसकेको भन्दै श्रेष्ठले यसको रक्षाका लागि सचेतनापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संविधान कार्यान्वयनको पक्षमा हामी अगाडि बढिरहेका छौँ, तर हामी जोड दिएर के भनिरहेका छौँ भने लोकतन्त्रमाथिको खतरा अन्त्य भइसकेको छैन त्यसकारण यसको रक्षाका लागि सचेतनापूर्वक अगाडि बढ्नु छ,’ श्रेष्ठले भने ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न उनले सरकारसँग माग गरे । सत्यनिरुपण तथा मेलमिलाप तथा बेपत्ता आयोग गठन गरेर द्वन्द्वपीडितलाई न्याय प्रदान गर्दै समग्रमा देशलाई शान्ति प्रक्रियामा सफल पार्नु महत्त्वपूर्ण कार्यभार रहेको तर यो सिलसिलामा अत्यन्तै विलम्ब भइरहेको उनको भनाइ थियो ।

भ्रष्टाचार उन्मूलन नगरेसम्म मुलुकमा समृद्धि सम्भव नभएकाले आफ्नो दल अहिले संगठन विस्तार सुदृढीकरणमा क्रियाशील भएको र जनताको जनमत लिएर सरकारमा पुगेर भ्रष्टाचार नियन्त्रण गर्ने उनले दाबी गरे । ‘अहिले राज्यलाई दलाल नोकरसाह र राजनीतिक व्यक्तिले मिलेर लुटिरहेका छन्, यसले राष्ट्रिय पुँजीको विकास हुन दिएको छैन,’ श्रेष्ठले थपे, ‘यो सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने, अध्यादेशवाट सरकार सञ्चालन गर्ने दिशामा अघि बढेको छ त्यसले मुलुकले उन्मुक्ति पाउने अवस्था छैन ।’

पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा सक्रिय हुनु राम्रो सन्देश नभएको उनको धारणा छ । आफ्नो पार्टी र अन्य पार्टीमा पनि यस विषयमा विचार विमर्श भइरहेको उनले बताए ।