२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट

अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर रनको योगफल तयार पारेको हो ।

भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले २६ रनको योगदान गरे । फेबी मोल्केन्बोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन् । इनिङ्सको १८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएकी उनले मात्र एक रन खर्चेर ३ विकेट लिएकी हुन् । २०औं ओभरमा उनले थप २ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिए । सुरुवाती तीन ओभरमा मात्र ११ रन दिएकी रुबिना क्षेत्रीले आफ्नो चौथो ओभरमा भने १२ रन दिइन् ।उनले विकेट लिन सकिनन् । पूजा महतो र रेवती रावल भने महंगो सावित भए ।

नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको छ । आइतबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा कठिन बन्नेछ । बिहीबार नेदर्ल्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।