१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय शारीरिक अपाङ्गसंघले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताए । उनले भने, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।” 

सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गरे। सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गरे । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सबै सवारीसाधनमा अपाङ्गतामैत्री व्यवहारका लागि मजदुर एवं व्यवसायीलाई अभिमुखीकरण गर्ने गरिएको बताए। नयाँ सवारीसाधन आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारीसाधन भित्र्याउन सकिने उनले बताए ।  

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, आयोजक संस्थाका पूर्वअध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतले सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धिका लागि अपाङ्गमैत्री संरचनाको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस