२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्काको निधनले मुलुकलाई ठूलो क्षति : सभापति देउवा

अ+ अ-

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताएका छन् ।

नेका दाङले बुधबार गृहजिल्ला दाङको सतवरियामा १३औँ पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा सभापति देउवाले सो कुरा बताएका हुन् ।

सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक नेता गुमाएको बताए ।

‘स्व खड्काको निधनले काग्रेस पार्टीलाई मात्र होइन मुलुकलाई नै क्षति पुगेको छ, उहाँ मुलुकका एक अनुभवी नेता हुनुहुन्थ्यो, उहाँ एक निडर र विकासप्रेमी जनताको नेता हुनुहुन्थ्यो,’ सभापति देउवाले भने ।
श्रद्धाञ्जलि सभामा पार्टी महामन्त्री डा. शशाङ्क कोइरालाले बिपीका चेला स्व खड्काका विचारलाई आत्मसात् गरेर कांग्रेस अगाडि बढ्ने बताए । कोइरालाले खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पनि बताए ।

त्यस्तै, पार्टी केन्द्रीय सदस्य शेखर कोइराला, डा प्रकाशशरण महत, दीपक गिरी, पार्वती डिसी चौधरी, किशोर राठोरलगायतका नेता कार्यकर्ताले खड्काको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उनका विचारलाई काँग्रेसलाई आत्मसात् गर्नुपर्ने बताएका थिए ।

त्यस्तै नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले खुमबहादुर सबैका नेता र विकासका सारथी भएको बताए ।

सभामा एकीकृत माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यले दाङले एक विकास प्रेमी नेता गुमाएको बताए । कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा स्व खड्काका छोरा अनुराग खड्काले आफ्ना बुबाका सपना पूरा गर्न आफू राजनीतिमा आउने घोषणा गरेका थिए । रासस