खारेज भए जिल्ला प्राविधिक कार्यालय « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

खारेज भए जिल्ला प्राविधिक कार्यालय


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । जिल्ला प्राविधिक कार्यालयहरू बुधबारदेखि खारेज भएका छन् ।

मुलुक संघीय संरचनामा गइसकेपछि नयाँ संरचना अनुसार जिल्ला स्तरमा प्राविधिक कार्यालय नरहने व्यवस्था भएकाले जिल्ला प्राविधिक कार्यालयहरु खारेज भएका हुन् ।

स्थानीय शासन सञ्चालन ऐन अनुसार तोकिएको म्याद सकिएपछि ती कार्यालय स्वतः खारेज भएका हुन् ।

सरकारले गत असोजमा जारी गरेको स्थानीय शासन सञ्चालन ऐनले ६ महिनाभित्र जिल्लास्थित प्राविधिक कार्यालय खारेज गर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस