२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले सुनसरीमा पनि माओवादीलाई सघाउने

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनमा सुनसरीमा पनि माओवादी केन्द्रलाई सघाउने भएको छ ।

जिल्ला अध्यक्ष गोविन्द निरौला एक विज्ञप्ति जारी गर्दै गढी गाउँपालिका ६ वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एसले माओवादीलाई वाकओभर गरेको हो ।

त्यहाँ नेकपा एसले डोमी उराँव झाँगडलाई उम्मेदवार बनाएको थियो। तर, अहिले अध्यक्षले विज्ञप्ति जारी गर्दै झाँगडको उम्मेदवारी निष्क्रिय बनाएर माओवादीलाई भोट हाल्ने निर्णय पार्टी पंक्तिलाई जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भएको भएता पनि केही अनपेक्षित प्राविधिक कारणबाट हाम्रो पार्टीको उम्मेदवारी कायम रहिरहन सकेन । यस अवस्थामा सो वडामा रहेका हाम्रो पार्टीका तमाम शुभेच्छुक, पार्टी सदस्य सम्पूर्ण मतदाता लगायत सबै वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै प्रकारको भ्रमको पछाडि नलागि हाम्रो समाजवादी मोर्चामा आबद्ध हाम्रो मित्र राजनीतिक दल माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहनुभएका कुशेश्वर खेरवारलाई गोलाकार भित्रको हँसिया हतौडा अंकित चुनाव चिन्हमा आफ्नो अमूल्य मतदान गरी अत्याधिक बहुमतले विजय गराउने महाअभियानमा सहभागी भईदिनु हुन हार्दिक आव्हान गर्दछौँ ।’

नेकपा एसले काठमाडौँको कृतिपुरको मेयर माओवादीलाई छाडेको विषयले पार्टीभित्र विवाद चर्किरहेको बेलामा सुनसरीमा पनि छाडेको हो ।