२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौध वर्षपछि आफन्तको शव उत्खनन

अ+ अ-

दैलेख । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् ।

नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो ।

ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए । घर छाडेका तीन भाइमध्ये एक अहिले पनि नामा कार्यरत छन् । अन्य दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खननसँगै शनिबार शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ ।

शव उत्खननमा पुगेका आफन्तलाई तत्कालीन घटना सुनाउँदै प्रत्यक्षदर्शी अमृता बिसीले भने, ‘घर नजिककौ घटना हो, त्यतिबेला निकै धेरै यातना दिइएको थियो, हात भाँच्ने, आँखा फुटाउनेसम्मका काम गरेर निकै क्रूर तरिकाले हत्या गरिएको थियो । त्यस्तो दिन कसैलाई नआओस् भन्दै हामी घरभित्र लुक्यौंँ ।’

माओवादीकै आरोपमा बुबालाई तत्कालीन सेनाले हत्या गरेको, अहिलेसम्म माओवादी नेता घरमा भेट्नसम्म नपुगेको र बुबाको मृत्युपछि घरपरिवारको अवस्था झनै नाजुक बनेको मृतक ऐनबहादुरका माहिला छोरा बृखबहादुरले गुनासो गरे।
दैलेख द्वन्द्वका बेला जिल्लामा २७० मानिस राज्यपक्षबाट मारिएको माओवादी नेताले जिकिर गरेका छन् । माओवादी पक्षबाट भने सोही हाराहारीमा मारिएको अनुमान छ । रासस

0 Comments