काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित यति कोजी होटेलबाट कटुवा पेस्तोल १ थान र ४ राउण्ड गोली बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त होटेलको पहिलो तलामा रहेको कोठा नम्बर २०२ भित्र होटेलको स्टाफले सरसफाइ गर्ने क्रममा पेस्तोल र गोली फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त हतियार कसले ल्याएर छाडेको हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।







