३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी उक्लिँदैछन् तराइका रोग हिमालतिर

अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन्।

वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टे, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्। सन् २००६ मा ५ जिल्लामा मात्रै देखिएको डेंगी ज्वरो अहिले ४० जिल्लामा फैलिइसकेको छ।

त्यसैगरी सन् १९५० मा तराईका केही जिल्लामा देखिएको मलेरिया अहिले ६७ जिल्ला फैलिएको छ। केही वर्षअघिसम्म बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बढी जोखिम रहेको जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका बिरामी पनि अधिक जिल्लामा पाइएका छन्। ‘लामखुट्टेजस्ता कीटहरु तल तराईमा तापक्रम बढेर टिक्नै नसक्ने वा मर्ने अवस्था हुन थाल्यो। पहिला तराईमा मात्र पाइने लामखुट्टेजस्ता कीट अहिले २ हजार फिटभन्दा माथि गएर बस्न थालिसकेका छन्,’ डा. धिमालले भने।

अनुसन्धान परिषद्कै एक छुट्टै अध्ययनले तापक्रममा १ प्रतिशतले वृद्धि हुँदा झाडापखालाका बिरामी ४।५ प्रतिशतले बढिरहेको देखाएको छ। हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढ्दा झाडापखालाका बिरामीको दर १३ प्रतिशतसम्म बढ्ने गरेको अनुसन्धानले देखाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस