२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२६२७ अंकमा झर्‍यो सेयर बजार

अ+ अ-

काठमाडौँ । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो । नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटेल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे । हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो ।

बैंकिङ सेक्टर उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै बढ्यो । सो बैंकको मूल्य ९.७५ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ८.०५, समृद्धि फाइनान्सको ६.१८, माथिल्लो मैलुङखोलाको ५.७८, साहस ऊर्जाको ५.१७, सुपर मादी हाइड्रोपावरको ५.१० तथा मिथिला लघुवित्तको ४.६६ प्रतिशत मूल्य बढ्यो ।

रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहेका छन् ।