२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ बन्दै

अ+ अ-

राजविराज (सप्तरी) । सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुई तले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ ।

 पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वमा थालिएको कम्प्लेक्स निर्माण सम्पन्न हुन लागेको हो। राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्राप्त गरेको कूल रु ३५ करोडमध्ये रु १९ करोडमा भवन निर्माण थालिएको हो ।

निर्धारित समयमा भवन सम्पन्न नहुँदा हटिया वरपर जथाभावी पसलहरू सञ्चालन हुँदै आएका छन् । जथाभावी सागसब्जी, किराना पसल, फलफूल, विभिन्न कस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रूपमा बसेर बिक्री गर्न बाध्य छन् । 

स्थानीय व्यापारी श्रवण दासले हटिया व्यवस्थित गर्न निर्माण थालिएको सपिङ कम्प्लेक्स निर्माणले गति लिएपछि छिट्टै व्यवस्थित भवनमा बसेर व्यापार गर्न पाइने आशा गरेका छन् । सपिङ कम्प्लेक्सको ९० प्रतिशत काम सकिएर ढल निकासीका लागि नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताए ।

सपिङ कम्प्लेक्समा तीन सय आठ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण भइरहेको छ । ठेकेदारको लापरबाहीका कारण निर्धारित समयभन्दा तीन वर्ष ढिला भएको हो ।

सपिङ कम्प्लेक्स भवन निर्माण छिटो सम्पन्न नहुँदा हाल राजविराजको राम मन्दिर देखि पानीट्याङकी रोड बिच सडकमा हाट लगाउँदा सर्वसाधारण तथा सवारी चालकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ  ।

प्रतिक्रिया दिनुहोस