काठमाडौँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।
गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौँबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सुरूमा ५ दिन र पछिल्लो पटक ७र७ दिन थप भएको थियो ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पूरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।