२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने 

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नियुक्ति वा बढुवामा प्रयोग नभए पनि नक्कली शैक्षिक प्रमाणपत्रले भ्रष्टाचार कसुर कायम हुने फैसला गरेको छ ।

नेपाल प्रहरीका तत्कालीन सई निरबहादुर अधिकारीको पुनरावेदनमा सर्वोच्चले विशेष अदालतको फैसला सदरमात्र गरेन, यसअघि भएको पूर्ण इजलासको व्याख्या पनि बदर गरेको छ ।

जयनारायण आचार्यविरुद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चको पूर्ण इजलासले पेस भएको, तर नियुक्ति वा बढुवामा प्रयोग नभएको नक्कली शैक्षिक प्रमाणपत्रले भ्रष्टाचारको कसुर ठहर नहुने व्याख्या गरेको थियो ।

त्यसअघि तारा राजभण्डारीविरुद्ध सरकार वादी भएको मुद्दामा सर्वोच्चले ‘पेस भएको सर्टिफिकेट ‌ओहोदा पाउन, ओहोदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएमा पेस गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहोदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय वा उद्देश्य रहेको स्पष्ट देखिने’ भन्दै दोषी ठहर गरेको थियो ।

संयुक्त इजलासले पूर्ण इजलासका दुई फरक व्याख्यापछि अधिकारीको पुनरावेदनलाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानासहित सर्वोच्चका ५ जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले अधिकारीको पुनरावेदनको सुनुवाइ गरेको हो । अधिकारीले जयनारायण आचार्यको मुद्दामा भएको फैसलाको नजिरलाई टेकेर आफूले सफाइ पाउनुपर्ने दाबी गरेका थिए ।