२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ बुँदे विज्ञप्ति जारी गर्दे एमालेले भन्यो-माओवादीसँग पुनः एकता गर्न आवश्यक 

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ९ बुँदे विज्ञप्ति जारी गरेको छ । एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जारी गरेको विज्ञप्तिमा पार्टीलाई अझै बलियो सुदृढ र एकताबद्ध बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ ।

जनताको बहुदलीय जनवाद नै पार्टीको प्रमुख नीति रहेको भन्दै लोकतन्त्रसँगै  जनवादी केन्द्रीयता वा लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अवलम्बन गर्दै पार्टीले खटाएको कमिटीमा संगठित भएर लाग्न भनिएको छ । विज्ञप्तिमा सबैलाई नीति र नेतृत्व स्वीकार गरेर अगाडी बढ्न पनि सुझाव दिइएको छ ।

पार्टीले प्रशिक्षणको तयारी गरेको, जिल्ला मातहतका सबै कमिटी तथा पेसागत र जनवर्गिय संगठनहरू अधिवेशन र सम्मेलनहरू सम्पन्न गर्दै विकार र सुशासन पक्षमा उभिन पनि आह्वान गरिएको छ ।पार्टी भित्रका अन्तर्विरोध पार्टी भित्रै समाधान गर्ने योजना अनुसार नै काम गर्ने र माथिल्लो कमिटीलाई जानकारी गराउने शैलीको विकास गर्न पनि निर्देशन जारी गरिएको छ ।

सरकारलाई सक्षम बनाउन सबैलाई आह्वान गरिएको विज्ञप्ति आम नेता कार्यकर्ताहरूलाई विधानको निर्णयहरू पालन गर्न, पार्टीले जिम्मेवारी दिन्छ भनेर विश्वास गर्न र धैर्य गर्न आग्रह गरिएको छ ।

तत्कालीन अवस्थामा एमाले र माओवादीको एकता जनताको भावना अनुसार भएको, टिकाउन नसक्नु केही कमजोरी रहेको र एकतालाई निरन्तरता दिँदै एमालेका रहेकाहरूको व्यवस्थापन गर्दै पुन एकताको प्रयास गर्नु बहुमतसहितको स्थिर सरकारका लागि आवश्यक भएकोले सकारात्मक सोच र एकताबद्ध भई संगठनमा जुट्न आग्रह गरिएको छ ।