काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका-९ को सिमाना नागढुङ्गा-नैबिसे सडक खण्डस्थित झ्याप्ले खोलामा माथिबाट आएको पहिरोले यात्रुवाहक बस पुरिएको छ। घटना बिहान ३:३० बजे तिर भएको हो भने मानवीय क्षति के कति भएको भन्ने अहिलेसम्म खुल्न नसकेको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।
यस्तै, चन्द्रागिरि नगरपालिका-२ स्थित पिपलामोडभन्दा माथि बिहान ४:३० बजे रुख ढल्दा एक माइक्रोबस (हाइस) र एउटा निजी कार किचिएका छन्। यस घटनामा मानवीय क्षति भए/नभएको जानकारी प्राप्त हुन नसकेकोले घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यससँगै नागढुङ्गा-नैबिसे सडकखण्डमा यातायात अवरुद्ध भएको छ। पहिरोले बाटो पूर्णरुपमा बन्द भएको जनाइएको छ ।
प्रहरीका अनुसार, घटनाको विस्तृत जानकारीका लागि उद्धार टोली घटनास्थलमा पुगिरहेको र पहिरो तथा रुख हटाउन तयारी भईरहेको जनाइएको छ ।