२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

अ+ अ-

अछाम । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताए । ‘एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उनले दुःखेसो पोख’े—‘आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दुःख गरेजति उत्पादन हुँदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।‘ सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी ।

बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान भएका छन् । उनले भने – ‘बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।’ साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सकेन । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उनले बताइन् ।

नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताए। यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । ‘म कहाँ धेरै गुनासो आएको छ कुवँरले भने सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ । रासस

0 Comments