२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी गाउँपालिकाद्वारा सेवा केन्द्र विस्तार

अ+ अ-

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुई वटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ को पल्लोटारमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए । 

स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उनले बताए। “थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सबै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ”, अध्यक्ष तिमिल्सेनाले भने, “अब सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।”

घरदैलोमा सेवा प्रवाह पुर्‍याउँदै नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देश्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्र थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नं २ मा पशुपति प्रजा प्राविको भवन र वडा नं ६ मा भैरवी कृषि सहकारी संस्थाको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमिल्सेनाले बताए । 

“टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घरदैलोमा सेवा पुर्‍याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ”, उनले भने । यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नं २ को ताङलिचोक र वडा नं ६ को भुम्लिचोकमा रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।  

प्रतिक्रिया दिनुहोस