२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ? भन्दै रास्वपाले उठायो प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको बताए ।

‘विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरूमा सञ्चालित कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने । सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रूपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौँ ।’

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डिेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरेका हुन् । ‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ’ सांसद झाले भने ।

अथवा सम्बन्धित क्षेत्रसँग अध्ययन नगरेको व्यक्तिलाई नेपाल एयरलाइन्सको जिम्मेवारी दिएकाले यस्तो भएको हो कि भन्ने पनि उनको आशंका छ । ‘अर्को कारण त्यो क्षेत्रसँग सम्बन्धित अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक वा आर्थिक प्रलोभनमा त्यो पदको जिम्मेवारी दिइएको पनि हो कि १’ उनले भने ।

जे जस्तो कारणले भए पनि नेपाल एयरलाइन्सलाई दैनिक पाँच करोड घाटा भइराखेको दोहोर्‍याउँदै उनले सोधे, ‘राजनीतिक प्रलोभनमा र आफ्नो मान्छेहरूको व्यवस्थापन र केही आर्थिक लेनदेनले गर्दा यो भएको हो ?’