२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा दुई अस्पतालको फोहर संकलनमा रोक

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ। अनुगमनका क्रममा यी स्वास्थ्य संस्थाहरूले जोखिमपूर्ण फोहरलाई स्रोतमै वर्गीकरण नगरेको, हानिकारक फोहरलाई निर्मलीकरण गर्न आवश्यक साधनहरूको अभाव रहेको, र सामान्य फोहरसँगै मिसाएर फाल्ने गरेको पाइएको थियो।

अनुगमन टोलीले दुवै स्वास्थ्य संस्थामा रंगको साकेत अनुसार जोखिमपूर्ण फोहर छुट्टै राख्नुपर्ने व्यवस्था नगरेको र फोहर एउटै ब्यागमा जम्मा गरेर असुरक्षित रूपमा विभिन्न स्थानहरूमा राखिएको पाइएको बताएको छ।

वातावरण व्यवस्थापन विभागका फोहर मैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईका अनुसार, संक्रमित फोहरको मात्रा थोरै भए पनि हानिकारक हुनसक्छ, र यी स्वास्थ्य संस्थाहरूले कुनै पनि सुरक्षात्मक उपाय अवलम्बन नगरेकाले फोहर उठाउन रोक लगाइएको हो।

गत वर्ष काठमाडौं महानगरपालिकाले ५० वटा अस्पतालहरूको फोहर व्यवस्थापन अनुगमन गर्दा २० वटा अस्पतालमा गलत अभ्यास भेटिएको थियो। ती अस्पतालहरूलाई सुधारपछि मात्र फोहर उठाउन अनुमति दिइएको थियो।