२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकार जनताका निराशा चिर्दैछ : उद्योगमन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनाताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले अहिले देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरू सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताए । विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरूलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाइ छ ।

नेपालको उद्यमशीलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफूले ध्यान केन्द्रित गरेको उनले बताए । मन्त्री भण्डारीले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताएका छन् । विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिका लगायतका देशहरूमा समेत मनाउन थाले पनि यसको मौलिक स्वरूपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

‘गौरा पर्व विगतमा कम व्यक्तिहरूले मनाउँदा साँघुरो बाटोमा सीमित थियो, तर अहिले राजमार्गका रूपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिए पनि यसको सांस्कृतिक महत्त्व र मौलिक तत्त्वहरूको विस्तार गर्नु जरुरी छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । यो पर्वको महत्त्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा यो पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचालन र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भूमिका निर्वाह गर्नु जरुरी छ ।’

सुदूरपश्चिम समाज काठमाडौँले आफ्नो १५ औँ साधारण सभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकि सोराई गोःरा बिशेष’ पुस्तकको विमोचन गरिएको छ । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ बिशेष गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले बताए ।