२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकलाई ब्याजदरमा खेल्न रोक

अ+ अ-

काठमाडौं । वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए कारबाही गर्ने भएको हो। बैंकहरू लिने निक्षेप र दिने कर्जाको ब्याज अन्तरलाई स्प्रेडदर भनिन्छ।

‘राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्याजदरमा उतारचढाव नहोस् भन्न स्प्रेडदर तोकेको हो। यसअघि पनि ६ प्रतिशत थियो,’ राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, ‘बैंकहरूलाई ब्याजदरमा खेल्ने अवसर नहोस् भन्ने राष्ट्र बैंकको ध्येय हो।’

२०७५ असोज मसान्तपछि आर्थिक वर्षको कुनै समयमा औसत ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी भए राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तीय संस्थालाई तीन प्रकारको कारबाही गर्ने परिपत्र गरेको हो। राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम नराख्ने वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई आगामी आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजनबाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने व्यवस्था गरिएको छ।

वाणिज्य बैंकको शाखा कार्यालय नभएका स्थानीय तहबाहेकका स्थानमा शाखा खोल्न नदिने, भूकम्पपीडितलाई प्रदान गरिनेबाहेकका पुनर्कर्जा सुविधा नदिने र उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजनबाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीतिले गरेको व्यवस्थाअनुसार स्प्रेडदर घटाएको हो। बैंकर्सहरूले कर्जाको ब्याजदर बढाउने र निक्षेपको ब्याजदर नबढाउँदा न्यायिक नहुने देखेर बजारलाई जीवन्त तुल्याउन राष्ट्र बैंकले यो नीति अवलम्बन गरेको हो। पाँचवर्षे विकास रणनीतिले कर्जा निक्षेपको ब्याजदर अन्तर ४.६ प्रतिशत झार्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा कर्जा÷स्रोत परिचालन अनुपात (सीसीडी रेसियो०लाई दैनिक गणना गर्ने र त्यसको मूल्यांकन मासिक रूपमा गरेर ८) प्रतिशत काटेमा हजर्ना गर्ने बताएको छ। राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थालाई उल्लंघन गरेको रकमको हदसम्म जरिवाना गर्ने सक्ने व्यवस्था गरिएको छ।

अब सीसीडी रेसियो गणना गर्दा हकप्रद र फर्दर पब्लिक अफरिङ (एफपीओ) बिक्री गरेका बैंक तथा वित्तीय संस्थाले सोबापतको रकम प्राथमिक पुँजीका रूपमा गणना गर्न पाउनेछन्। यसअघि प्रिमियमबापतको रकम बोनस सेयरका रूपमा दिएपछि मात्रै पुँजीका रूपमा गणना गर्न सकिने व्यवस्था थियो।

राष्ट्र बैंकले मंगलबार नै वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब, राष्ट्रियस्तरको विकास बैंकको साढे दुई अर्ब, तीनवटा प्रदेशसम्मका १० जिल्लालाई समेट्ने विकास बैंकको चुक्ता पुँजी एक अर्ब २० करोड र तीन प्रदेशलाई छोएका पाँचवटा जिल्ला समेटेका बैंकको ५० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ। सो व्यवस्थाअनुसार राष्ट्रियस्तर वा १० जिल्ला समेट्ने फाइनान्स कम्पनीको ८० करोड र तीनजिल्ले फाइनान्सको ४० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments