काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी काँग्रेसको छ ।