२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ : बालेन साह

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बागेश्वरीमा काठमाडौँ महानगरपालिका-८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो/सडक सम्पदामैत्री र नेवाः संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।

‘पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवास् शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’

उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । ५ मिनेटको समयमा आफ्ना भनाइ सकेका उनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।

शाहले राजनीतिक दलका पदाधिकारी र जनप्रतिनिधितर्फ लक्षित गर्दै धेरै बोल्नेभन्दा समयमै काममा ध्यान दिनु राम्रो हुने बताए ।

‘म धेरै बोल्न चाहन्न, म अब निस्किन लागेको । उहाँहरूले बोल्दिनु भनेर केही कुरा राखेँ । बोल्नेभन्दा काम गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई गाह्रो छ, ९दलका नेतातर्फ लक्षित गर्दै० एउटा लामो लिस्ट पनि बोल्नुपर्दो रहेछ’, उनले भने, ‘जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदै उहाँहरूको समय जाँदो रहेछ । त्यसोभन्दा पनि अब काममै समय दिऊँ ।’