२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४८८ मा रोकियो सेयर बजार

अ+ अ-

काठमाडौँ । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।

कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ स् २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो ।

बैंकिङ १७, विकास बैंक ३१, होटेल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।

प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७.९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो ।

हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका छन् ।