काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट राष्ट्रियसभामा मनोनित तीन सांसदलाई सपथ लिन बाटो खुला गरिदिएको छ।
राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई सपथ ग्रहणका लागि बाधा नपर्ने गरी आदेश दिएको हो।
यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनु नपर्ने आदेश सुनाएको हो।
सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसभामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।